त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा भएको छ ।

सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जहाजको उद्धार कार्य भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापा जानकारी दिए ।

जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । जहाजमा १९ जना सवार रहेको बताइएको छ ।


९ साउन २०८१, बुधवार १२:०७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु