कञ्चनपुरमा एक महिलाको शव फेला

कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।
जिल्लाको दोधारा–चाँदनी नगरपालिका–३ जमुनाघाडी रमेश डौडेको खेतबारीमा नामथर नखुलेकी अन्दाजी २९ वर्षीया महिलाको शव सोमबार फेला परेको हो।
शवलाई पोष्टमार्टमका लागि दोधारा–चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
८ साउन २०८१, मंगलवार १३:३६ बजे प्रकाशित