बाजुरामा प्रहरीले गर्यो अवैध गाँजा फडानी

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरा माहतको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउँमा गाँजा फडानी गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले आफै उम्रिएको जंगली गाँजा फडानी गरेको हो ।

प्रहरीले बडिमालिका नगरपालिका वडा न ९ र प्रहरी चौकी धुलाचौरले हिमाली गाउँपालिका ६ मा करिव ६ रोपनी खाली जमिनमा आफै उम्रेको गाँजा फडानी गरेको जनाएको छ ।


८ साउन २०८१, मंगलवार ११:३७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु