नाबालिकाको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ, एकजना पक्राउ

काठमाडौं । नाबालिकाको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं बस्दै आएका २० वर्षीय मोहम्द जे एच अजवानलाई पक्राउ गरेको हो ।

उनले नाबालिकालाई फेसबुकमा साथी बनाएर विभिन्न प्रलोभन देखाइ अश्लिल भिडियो तथा फोटो पठाउन लगाएर भिडियो र फोटोमार्फत ब्ल्याकमेलिङ गरेको र चरित्र हत्या समेत गरेको पाइएको ब्यूरोले जनाएको छ ।े

पक्राउ परेका अजवानविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ ।


८ साउन २०८१, मंगलवार १३:५३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु