कलाकार ‘बले’ विवाह बन्धनमा बाँधिए

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् ।
उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् । स्नेहा पेसाले नर्स हुन् ।
उनले भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन् । उनीहरूको मागी विवाह भएको बताइएको छ ।
घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ ।
३० असार २०८१, आइतवार १८:३५ बजे प्रकाशित