#belauri nagarpalika
#belauri

गायिका कमला घिमिरे फिल्ममा डेब्यु गर्दै

#belauri
#bhimdat

काठमाडौं । चर्चित गायिका कमला घिमिरेले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन्।

निर्माणको तयारीमा रहेको फिल्म ‘माइली’ बाट उनी फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी हुन् । कमलाले सांगीतिक क्षेत्रमा झैं फिल्ममा पनि दर्शकको माया पाउने विश्वास रहेको बताइन्।

उनले स्वर दिएका ‘चिया छानेको, लरिलरिलै, धनगढीको बसमा’ लगायतका गीतहरू हिट छन्।

रूना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन्। फिल्म ‘माइली’ टिमले कमलाको पोस्टरलुक समेत सार्वजनिक गरेको छ।

यो फिल्ममा यसअघि करिश्मा मानन्धर र प्रियंका कार्की अनुबन्धित भइसकेका छन्।

असारको अन्तिमबाट फिल्मको छायांकन सुरू गर्ने तयारी रहेको जनाइएको छ।


२४ असार २०८१, सोमवार १६:०२ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु