मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनका अनुसार नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिनेछन् ।
रास्वपाबाट अहिले सरकारमा उपप्रधानमन्त्रीसहित चार जना मन्त्री छन्।
१८ असार २०८१, मंगलवार १३:२१ बजे प्रकाशित