अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

काठमाडौं । अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाइ तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिएकी हुन् ।

‘सबैलाई हेलो, अहिले फैलिरहेको अफवाहलाई मध्यनजर गर्दै शुभचिन्तकहरूलाई जानकारी दिन चाहन्छु कि म तेस्रो चरणको स्तन क्यान्सरसँग लडिरहेकी छु । अहिले म ठिक छु । म बलियो छु र छिट्टै यस बिमारीबाट बाहिर निक्लिन्छु । मेरो उपचार सुरू भइसकेको छ र यस बिमारीबाट छुट्कारा पाउने प्रयास गरिरहेकी छु,’ उनले लेखेकी छन् ।

‘ये रिश्ता क्या कहलाता है’ टेलिशृंखलाबाट चर्चा कमाएकी हिना भारतीय रियालिटी शो ‘बिग बोस ११’ मा देखिएकी थिइन् ।

उनले ‘ह्याक, अनलक, शिन्दा शिन्दा नो पापा’ लगायत फिल्ममा अभिनय गरेकी छन् ।


१४ असार २०८१, शुक्रवार १७:१५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु