बैतडीमा दार्चुला घर भएकी एक युवतीको शव फेला

बैतडी । बैतडीमा एक महिलाको शव फेला परेको छ।

दशरथचन्द नगरपालिका–६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा दार्चुला घर भएकी महिलाको शव सोमवार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

यही असार ८ गते घरबाट हराएकी दार्चुलाको लेकम गाउँपालिका–४ दमसैना घर भएकी २२ वर्षीया हेमन्ती गिरीको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


१० असार २०८१, सोमवार १२:५५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु