अविवाहित महिलालाई मासिक जीवन निर्वाह भत्ता दिइने

काठमाडौं । खोटाङको रावा बेंसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ ।
आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने जानकारी दिएको हो ।
अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिँदै आएको छ । उक्त कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।
१० असार २०८१, सोमवार १३:०४ बजे प्रकाशित