सशस्त्रका १८ एसपी र २ सय ३७ डीएसपीको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको ​​जिम्मेवारी पाएका छन् ।

पूर्वानुमान सूचीअनुसार कमान्ड जिम्मेवारी नपाएका डीएसपी र अन्य डीएसपीहरुलाई आगामी कमान्डका लागि संगठनले नयाँ पूर्वानुमान सूची प्रकाशन गरिने सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

 


१० असार २०८१, सोमवार ११:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु