दीपेन्द्र सिंह ऐरीले यूएईको आईएल टी २० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले यूएईमा हुने इन्टरनेसनल लिग (आईएल) टी २० लिग खेल्ने भएका छन् ।
इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर ऐरीसहित लिस्ट सार्वजनिक गरेको छ ।
ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टबाट आईएल लिग खेलेका थिए । ऐरीले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी १० र क्यानडाको ग्लोबल टी २० लिग खेलिसकेका छन् ।
क्यानडा ग्लोबल टी २० लिगमा उनी सम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियनसमेत बनेको थियो ।
७ असार २०८१, शुक्रवार १८:०० बजे प्रकाशित