punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रौतहटमा एकै दिन दुई युवा मृत फेला, हत्याको आशंका

Chaupati
safha napa

रौतहट । रौतहटका एकै दिन दुई जना युवाको शव भेटिएको छ ।

जिल्लाका अलग–अलग दुई स्थानमा गौर नगरपालिका क्षेत्रका दुई युवाको शव भेटिएको हो ।

सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको थियो भने त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

गौर नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवशंकर गुप्ताले मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको आशंका गरे ।

यसैगरी गौर नगरपालिका ४ मा रहेको लालबकैया नदी किनारको केराघारीमा मृत फेला परेका रोहित सहनीको पनि हत्या भएको हुन सक्ने उनका दाजु सञ्जय सहनीले बताएका छन् । उनका अनुसार राहुलले लगाएको सर्ट उसको घाँटी निर बेरिएको छ, अण्डकोष, नाक र आँखाबाट रगत बगेको छ । घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने भन्दै उनले प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक दिलिप घिमिरेले शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि मात्र हत्या हो कि होइन भन्ने पत्ता लाग्ने उनले बताए ।


२ असार २०८१, आइतवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु