सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुन आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चादीको मूल्य तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
२१ जेठ २०८१, सोमवार ११:४८ बजे प्रकाशित













