punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पक्राउ नगर्न आदेश माग्दै सिरोहिया सर्वोच्चमा

Chaupati
safha napa

काठमाडौं । जिल्ला अदालत, धनुषाबाट आफूविरुद्ध पक्राउ पूजी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । रिट निवेदन अदालतमा पेश भएपछि दर्ता भइसकेको छैन ।

सिरोहिया गत २५ वैशाखमा आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई झिकाएपछि निवेदनमाथि सुनुवाइ हुन सकेको छैन ।

सिरोहियाको नागरिकतामा कैफियत रहेको भन्दै प्रहरीले उनीमाथि छानविन अघि बढाएको छ ।


८ जेठ २०८१, मंगलवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु