punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

Chaupati
safha napa

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम पारित गर्न दिने निर्णय गरेको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।

मंगलबार बिहान छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठक अवरुद्ध नगरिदिन आग्रह गरेका थिए ।


१ जेठ २०८१, मंगलवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु