कोहलपुरमा गोली चल्यो

काठमाडौँ । बाँकेको कोहलपुरमा गोली चलेको छ ।

कोहलपुरको चप्पलगौँडा भन्ने स्थानमा आज बिहान लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलाएको जनाएको छ ।

ब्युरोको टोलीले परियारसहित अर्का एक कारोबारी पनि पक्राउ गरेको छ ।


२७ वैशाख २०८१, बिहीवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु