सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

काठमाडौँ । सर्वोच्च अदालतको आजको पेसी सूचीमा रहेका सबै सुनुवाइ स्थगित भएको छ ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि आजका सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए । उनका अनुसार सर्वोच्चमा बिहीबार प्रशासनिक काम कारबाही मात्र हुनेछ ।

यससँगै गण्डकी प्रदेश सरकारविरूद्धको रिटमाथिको सुनुवाइ रोकिएको छ । तर, कोसीमा प्रदेश प्रमुखको नयाँ सरकार गठनका लागि आह्वान गर्ने निर्णयविरूद्ध कांग्रेसले दायर गर्न लागेको रिटका लागि भने प्रशासनिक बाधा नपरेको सर्वोच्चले जनाएको छ ।


२७ वैशाख २०८१, बिहीवार १३:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु