बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

धनगढी । बझाङ क्षेत्र नं. (१) भएको उपनिर्वाचनबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पराजित गरेका थिए ।

यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।


२७ वैशाख २०८१, बिहीवार १३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु