कैलालीमा सुधारगृहमा राखिएका युवकको छतबाट खसेर मृत्यु
धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको छतबाट खसेर मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस् स्थापना केन्द्र (सुधारगृह) मा रहेका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार आज बिहान करिब ३ः३० बजेको समयमा शाही एक तले छतबाट खसेका हुन् ।
छतबाट खसेर घाइते भएका शाहीको घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतकका आफन्तले घट्नाको निष्पक्ष अनुसन्धान हुनपर्ने बताएका छन् । शाहीलाई गत पुसमा सुधार केन्द्रमा राखिएको थियो ।
२६ वैशाख २०८१, बुधवार १०:०४ बजे प्रकाशित













