घट्यो सुनचाँदीको मूल्य

साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार हुनेछ।

उता चाँदीको मूल्य पनि मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँ घटेको छ।

बुधबार चाँदी तोलको १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।


३१ साउन २०८०, बुधवार ११:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु