सामान्य प्रशासन मन्त्रीमा जनमत पार्टीकी अनितादेवी साह, शपथ आजै
जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदको शपथ खाँदै छिन्।
साहले अहिले बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको
छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा समेटेका हुन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।
२९ साउन २०८०, सोमवार ०९:३८ बजे प्रकाशित













