बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनमा पुग्यो मुख्यमन्त्री शाहसहितको टोली

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण गरेको छ ।

मुख्यमन्त्री शाहसहितको टोलीले मंगलवार भीमदत्त राजमार्ग अन्तरगतको पहिरो प्रभावित क्षेत्रका साथै गोदावरी नदीले कटान गरेको गोदावरी धाम क्षेत्रको  निरीक्षण गरेको हो ।

निरिक्षणका लागि पुगेको टोलीमा मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, प्रदेशसभा सदस्यहरु तुलसी देवकोटा, जानकी कुवर र खेमादेबी बिष्ट  रहेका थिए ।

टोलीले पहिरोले प्रभावित भावर टोलको समेत निरिक्षण गरेको छ ।

सोमबार राती देखि परेको बर्षाका कारण पहिरो जांदा भीमदत्त राजमार्गको बुढीतोला लगायतका सडकहरु अवरुद्ध छन् ।

भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने राजमार्ग हो ।

मुख्यमन्त्री शाहले चाँडै पहिरोले अबरुद्ध सडक सुचारु गर्न सरोकारवालाहरुलाई निर्देशन पनि दिएका छन्।


२३ साउन २०८०, मंगलवार २३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु