कैलालीमा एक जना ४ नाल भरुवा बन्दुकसहित पक्राउ

कैलालीमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन्। कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर–६ बाट ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलिले विषेश सूचनाको आधारमा ४ नाल भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन्। प्रहरीले पक्राउ परेकामाथी थप अनुसन्धान गरिरहेको जनाएको छ।


१८ साउन २०८०, बिहीवार १२:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु