धनगढीमा २ लाख बढीका अवैध सामान बरामद

कैलालीको धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी घाटबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको हो। प्रहरीका अनुसार सुट,कुर्ती,तन्ना,तावेल,साडी,कपडाको थान लगायतका सामान बिहीवार बिहान प्रहरीको गस्ती टोलीले बरामद गरेको हो।


१८ साउन २०८०, बिहीवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु