यातायातद्वारा सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु

यातायात कार्यालय धनगढीले सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु गरेको छ। कार्यालयले बुधवार एक सूचना प्रकाशित गरी आज (विहीवार) १८ गतेबाट दर्ता र नामसारीको कार्य पुनः सुचारु हुने जानकारी गराएको छ।

कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई उक्त सेवाहरु बन्द गरेको थियो। कार्यालयले सूचना प्रकाशित गरी साउन १५ गते सोमवारबाट लागु हुने गरी अर्को सूचना नआउञ्जेल सम्मका लागि अनिश्चितकालका लागि दर्ता र नामसारीको सेवाहरु बन्द गरेको थियो।


१८ साउन २०८०, बिहीवार ११:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु