कैलालीकी मञ्जु रावल हत्यामा संलग्न ४ जना पक्राउ
कैलालीकी मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, बर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई प्रहरीले पक्राउ गरेको छ।
मृतक मञ्जुका छोरा बिवेक रावलले जेठ १ गते आमाको खोजतलासिका लागि ईलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए। मृतक मञ्जु रावल र गोमा रावल बिच अंशको बिषयलाई लिएर बिबाद भईरहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ। जग्गाको बिषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाईएको उनीहरुले प्रहरीलाइ बयान दिएका छन्।
प्रतिबादी सरिता रावलको वयान र उनले देखाएको स्थान कैलालीको मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा मञ्जुको शव आइतवार फेला परेको थियो
१५ साउन २०८०, सोमवार ११:३९ बजे प्रकाशित































