punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका १४ विद्यालय समायोजन गरिने

Chaupati
safha napa

कैलालीको धनगढीमा १४ वटा विद्यालय समायोजन हुने भएका छन्। उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या कम भएका १४ विद्यालयलाई समायोजन गर्ने तयारी अघि बढाएको छ। शनिबार बसेको नगरकार्यपालिका बैठकले विद्यार्थी संख्या कम भएका विद्यालयलाई एक आपसमा गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो।

धनगढी उपमहानगरपालिका नम्बर २ को शैलेश्वरी माविलाई शारदा माविमा, वडा नम्बर ७ को नवज्योति माविलाई शिव माविमा, वडा नम्बर ११ को जोकैया माविलाई वेला माविमा र वडा नम्बर १८ को नेपाल भूपूसैनिक माविलाई खप्तडी माविमा गाभ्ने निर्णय गरिएको छ। विद्यार्थी संख्या न्यून रहेका यी विद्यालयमा बालविकास कक्षा मात्र बाँकी रहने कार्यपालिका बैठकमा उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र खातीले बताए।

त्यस्तै, वडा नम्बर १२ को बेहडाबाबा माविका १ देखि ५ सम्मका कक्षा सिद्धनाथ माविमा र वडा नम्बर १७ को कालिका माविका ४ र ५ कक्षा न्यु कालिका माविमा समायोजन गरिने उनले बताएका हुन्। धनगढी उपमहानरपालिका–५ को राष्ट्रिय मावि ६ को भैरवबाबा मावि, ९ को सरस्वती मावि, १२ को नवदुर्गा मावि, १४ को सिद्धार्थ मावि र वडा नम्बर १५ को जनजागृति माविका ६ देखि ८ सम्मका कक्षाहरू नजिकका विद्यालयमा समायोजन निर्णय गरिएको छ।

राष्ट्रियको पञ्चोदय माविमा, भैरवबाबाको बासुदेवी माविमा, सरस्वतीको धनगढी नमुना माविमा, नवदुर्गाको दुर्गा आविमा, सिद्धार्थको सर्वोदय माविमा र जनजागृतिको राष्ट्रिय माविमा समायोजन गर्न लागिएको छ। त्यस्तै, वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय माविको कक्षा ९ र १० सोही वडाको कैलाली गाउँस्थित जनता राष्ट्रिय माविमा र वडा नम्बर १४ को दीपेन्द्र चारपाते माविका कक्षा ९ र १० सोही वडाको बेहडाबाबा माविमा समायोजन गरिनेछ।

नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान नियमावलीअनुसार विद्यार्थी संख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गर्न लागेको उपमहानगरले जनाएको छ। बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको छ। त्यस्तै, आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको छ।


१५ साउन २०८०, सोमवार ११:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु