punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा फार्मेसी नपढेकाले नै औषधि बेच्छन्

Chaupati
safha napa

डडेलधुरामा फार्मेसी नपढेकाले नै औषधि बिक्री गर्दै आएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेलधुराले गरेको अनुगमनमा सो कुरा पाइएको हो। जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको नेतृत्वमा डडेलधुरा अस्पताल, स्वास्थ्य कार्यालयलगायतको टोलीले अनुगमन गर्दा चिकित्सककोअनुमति पत्र विना औषधि धमाधम बिक्री हुँदै आएको पाइएको हो।

ओझाले भने, ‘डाक्टरको प्रेसव्रिmप्सन लिएर मात्रै बिक्री गर्नुपर्ने औषधि बिक्री हुँदै आएको पाइएको छ। यसरी औषधि बिक्री वितरण गरेको पाइएमा नियम अनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छौँ।’

जिल्लाका मेडिकल तथा फर्मेसीबाट फार्मेसी नपढेकाले नै औषधि बेचिरहेको समेत पाइएको छ। फार्मेसी सञ्चालनको अनुमति अर्के व्याक्तिको नाममा रहेकासमेत सञ्चालनमा रहेको पाइएको हो। ‘मानव स्वास्थ्यसँग खेलवाड गर्नु गलत रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर साउँदले बताए। उनले स्थानीय तहको प्रत्यक्ष निगरानी हुने गरी औषधि पसल सञ्चालन गर्ने अनुमति दिनुपर्ने बताए।


११ साउन २०८०, बिहीवार ११:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु