punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा फोहोरबाट मोहर,  घर घरमा बायोग्यास निःशुल्क

Chaupati
safha napa

मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको छ । बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पु-याउने कार्य भइरहेको छ ।

यस नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ । बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको तेसिङ्गेका स्थानीय ताराप्रसाद भण्डारीले बताए । “घरमा ग्यास जडान भयो, अब दाउराको दुःख जान्या भयो,” भण्डारीले खुसी हुँदै भन्नुभयो ।

घरमा बायोग्यासको पाइपलाइन जडानसँगै ग्यास चुलोसमेत पाइसकेको उहाँले बताउनुभयो । कतिपयको घरमा भने ग्यासको पाइप जडान कार्य जारी छ । पालिकाले नमुनायोग्य कार्य गरेको भनाइ स्थानीय नगरवासीको छ ।

स्थानीय रङ्गप्रसाद भण्डारी आफूहरू ‘डम्पिङ साइट’ प्रभावित क्षेत्रको बासिन्दा भएकाले बायोग्यास सेवा लिनेमा पहिलो प्राथमिकतामा परेको बताउनुहुन्छ । अहिले पाँच घरमा ग्यास पाइप जोडेर खाना पकाउन सुरु गरिएको छ ।

वडाध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले अन्य घरमा बायोग्यास जडानको काम भइरहेको जानकारी दिनुभयो । फोहोरबाट निकालिएको बायोग्यासलाई ७० घरधुरीमा निःशुल्क रूपमा वितरण गर्ने योजना रहेको उनले बताए ।


९ साउन २०८०, मंगलवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु