punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन काण्डबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री

Chaupati
safha napa

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।

श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् ।गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा अनुसन्धान गर्न सुन बोकेको ट्याक्सी चालकसहित १० जना पक्राउ परिसकेका छन् ।


५ साउन २०८०, शुक्रवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु