punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाले २०८०/८१ को लागि १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेट उपप्रमुख नन्दकला रानाले नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरिन् । उपप्रमुख रानाद्वारा प्रस्तुत अनुमानित बजेटमा कुल खर्च चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार छुट्टाइएको छ । पुँजीगत तर्फ ७५ करोड ६३ लाख २७ हजार खर्च हुने अनुमान गरिएको छ ।

प्रस्तुत बजेटको आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८, राजश्व बाँडफाँटतर्फ ६६ करोड ९७ लाख ९२ हजार, अन्तर सरकार वित्तीयतर्फ ९संघ० ९२ करोड ८५ लाख, अन्तर सरकार ९प्रदेश ० ९३ करोड ८ लाख २४ हजार रुपैयाँ अनुमान गरिएको छ ।

कुल बजेटको पूर्वाधार विकास तर्फ ३६ करोड ८३ लाख ७४ हजार विनियोजन गरिएको छ । क्षेक्रगत कार्यत्रमअर्न्तगत विकासतर्फ कुल बजेटको ९ करोड ६५ लाख ९३ हजार विनियोजन गरिएको छ । यसैगरि समाजिक विकासतर्फ ८५ करोड ३६ लाख, सुशासन तथा अन्तर सम्बन्धतर्फ ५ करोड ६५ लाख ५५ हजार, कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार विनियोजन भएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले खर्च तर्फको विषयगत योजना तथा कार्यक्रमगत विस्तृत विवरण नगरसभाबाट पारित भइसकेपछि सार्वजनिक गर्ने बताइन् । उनले विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्च घटाउने, खरिद प्रकृयालाई पारदर्शी बनाउँदै तोकिएको समयभित्रै खरिद कार्य सम्पन्न गर्ने र आफ्नै आन्तरिक स्रोतले चालु खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यन्वयनको व्यवस्था मिलाइएको बताइन् । प्रस्तुत गरिएको बजेट नगरसभाबाट आइतबार नै पारित भएको छ ।

 


१० असार २०८०, आइतवार २१:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु