गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु, मन्त्री र पीएसओ गम्भीर घाइते

बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रीमती र भाउजूको मृत्यु भएको बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।

अहिले मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकप्टरले उद्धार गरिएको वडाध्यक्ष भण्डारीले बताए ।

‘पाँचजनालाई लिन आएको हेलिकप्टरले मन्त्रीज्यू, उहाँको पीएसो र चालकलाई मात्रै लिएर गयो ’, वडाध्यक्ष भण्डारीले भने ‘उहाँको श्रीमती र भाउजूको शव यही रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा राखिएको छ ।’

बझाङी सहायक सीडीओ सत्यकुमारी जोशीले पनि दुईजनाको मृत्यु भएको र मन्त्रीसहित तीन जनालाई हेलिकप्टरबाट उपचारका लागि लगिएको पुष्टि गरिन् ।

मन्त्री सिंह र पीएसओ भण्डारीको अवस्था गम्भीर छ । चालकको अवस्था भने मध्यम रहेको बताइएको छ ।


५ असार २०८०, मंगलवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु