सुदूरपश्चिम स्पोर्टस अवार्डः असार १५ गते आयोजना हुने

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ असार १५ गते आयोजना हुने भएको छ । यसअघि असार ८ गते हुने भनिएको अवार्ड कार्यक्रम एक साता पछाडी सरेर असार १५ गते हुने भएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्राविधिक तयारीको काम केही बाँकी रहेकोले असार १५ गते धनगढीको ओम प्यालेसमा कार्यक्रम आयोजना हुने जनाएको छ ।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


५ असार २०८०, मंगलवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु