कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कैलाली । कैलालीमा करेन्ट लागेर एक एक जनाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–३ नारायणपुर गाउँमा ३५ वर्षीय फुलराम चौधरीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
४ असार २०८०, सोमवार १५:३९ बजे प्रकाशित













