आजकै दिन फोकल्यान्ड युद्धको अन्त्य
न् १९८२ मा आजकै दिन (जुन १४) मा फोकल्यान्ड युद्ध अन्त्य भएको थियो । अर्जेन्टिनाले फोकल्यान्ड टापु (बेलायती उपनिवेश) माथि आक्रमण गरेका कारण दुई देशबीच युद्ध सुरु भएको थियो ।
१९८२ को अप्रिल २ मा अर्जेन्टिनी सेनाले फोकल्यान्ड टापु अतिक्रमण गरेपछि भोलिपल्ट बेलायतले सेना पठाएर जवाफी कारबाही सुरु गरेको थियो ।
बेलायतमा राजनीतिक तथा आर्थिक संकट उत्पन्न भएको मौका छोपेर अर्जेन्टिनाले फोकल्यान्ड टापुमा आक्रमण गरेको थियो । बेलायतकी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले आफ्नै दलका नेताहरूको विरोधसँग जुध्दै अर्जेन्टिनाविरुद्ध फोकल्यान्डमा युद्ध लड्ने निर्णय लिएकी थिइन् ।
जसका कारण उनी १९८३ मा दोस्रो कार्यकालका लागि विजयी भएकी थिइन् । १९७९ को मे ४ देखि करिब ११ वर्ष बेलायतमा शासन गरेकी थ्याचर युरोपेली मुलुकको पहिलो महिला प्रधानमन्त्री हुन् ।
७४ दिनसम्म चलेको युद्धपछि अर्जेन्टिना बेलायती सेनासमक्ष आत्मसमर्पण गर्न बाध्य भएको थियो । युद्धका क्रममा ६ सय ४९ अर्जेन्टिनी सेना, २ सय ५५ बेलायती सेना र तीन स्थानीयको ज्यान गएको थियो ।
३१ जेठ २०८०, बुधवार ०७:३३ बजे प्रकाशित













