विश्वकप छनोट अगाडि वार्मअप खेल: जिम्बावेमा यूएईको सामना गर्दै नेपाल

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि आज ९मंगलबार०देखि वार्मअप खेलहरु सुरु हुँदैछन्। नेपालले मंगलबार पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स ९यूएई०विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

नेपाल र यूएईबीचको खेल नेपाली समयानुसार १२:४५ बजेदेखि सुरु हुँदैछ। जिम्बावेको ओल्ड हेनरिज मैदानमा हुने खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

विश्वकप छनोट खेल्ने १० टोलीमध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक मात्रै टोली हो।

जिम्बावे पुग्नु अगाडि नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेलको थियो। नेपालले दुवै खेलमा पराजय भोगेको थियो।

विश्वकप छनोटअन्तर्गत आगामी असार ३ गते नेपालले जिम्बावेको सामना गर्नेछ। नेपाल रहेको समूह ‘ए’मा घरेलु टोली जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स छन्। समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्।


३० जेठ २०८०, मंगलवार ०८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु