पाकिस्तानविरुद्ध टस जितेर नेपाल बलिङमा, दुई कविताले लिए विकेट
KUALA LUMPUR, MALAYSIA - MAY 29:
during match one of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on May 29, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)
इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’ विरुद्ध खेलिरहेको छ। जस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँदै राम्रो सुरुवात दिलाइन्।
उनले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई इन्दु वर्माबाट क्याच आउट गराइन्। त्यस्तै दोस्रो र तेस्रो विकेट कविता जोशीले लिइन्। ५।३ ओभरमा सदाफ साम्सलाई बोल्ड आउट गरेकी उनले ५.४ ओभरमा नटालिया पर्वरिजलाई आउट गराइन्।
हाल क्रिजमा शहवाल जुल्फिका र गुल फेरोजा छन्।
हङकङमा जारी इमर्जिङ टिम्स एसिया कपमा थाइल्याण्डले नाम फिर्ता लिएपछि नेपालले आकस्मिक अवसर पाएको हो।
नेपाली टोली
रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, कृतिका मरासिनी, अस्मिना कर्मचार्य, अप्सरी बेगम र कविता जोशी
३० जेठ २०८०, मंगलवार ०७:२३ बजे प्रकाशित













