एसीसी महिला टी-२० : नेपालले पायो ८८ रनको लक्ष्य, पाकिस्तान ए १९.२ ओभरमा अलआउट
काठमाडौं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपालले जितका लागि ८८ रनको लक्ष्य पाएको छ । पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन मात्रै जोड्न सक्यो ।
खेल वर्षाले केही समय प्रभावित भएको थियो । नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् ।
यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिए । इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
३० जेठ २०८०, मंगलवार ०९:१८ बजे प्रकाशित













