एसियन कप छनोटमा आज नेपालले चाइनिज ताइपेसँग खेल्ने

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे म्यानमारको याङ्गोनस्थित थुवन्ना रंगशालामा हुनेछ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग समान ५–० गोलले पराजित भएको थियो। यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपे पनि पहिलो जितको खोजीमा छ। यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो तथा सान्त्वना जित निकाल्न चाहन्छ।


२७ जेठ २०८०, शनिवार ०९:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु