punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिला टि-२० क्रिकेटकाे अन्तिम श्रृङ्खला, जीतका लागि मलेसियासँग भिड्दै नेपाल

Chaupati
safha napa

नेपाली महिला क्रिकेट टोलले मलेसियाविरुद्धको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दै छ।

मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा नेपाली समय अनुसार यो खेल बिहान पौने ९ बजेदेखि शुरु हुने छ।

नेपाल र मलेसियाले सिरिजमा २-२ को बराबरी गरेका छन्। अन्तिम खेल जित्ने टिमले सिरिज कब्जा गर्ने छ।

सिरिजको पहिलो खेलमा हार बेहोरेको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर सिरिजमा अग्रता बनाएको थियो । तर अन्तिम खेल मलेसियाले जितेर सिरिज बराबरी गरेको छ।

सिरिजको पहिलो खेल मलेसियाले ५ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो। चौथो खेल मलेसियाले ४ विकेटले जितेको थियो।


२१ जेठ २०८०, आइतवार ०७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु