रहेनन् खीर बाजे
डडेल्धुरा । खीर बाजेका नामले चर्चित डडेल्धुराको साहुखर्कका बाजेको खीर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा गयराती निधन भएको गन्यपधुरा गाउँपालिका वार्ड न.१ का वडा अध्यक्ष नरेशराज भण्डारीले बताए ।
२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुमा सायदै कम होलान् जस्र्ले बाजेको खीरको स्वाद नलिएका हुन् ।
तिनै ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खीरको स्वाद अब उनका ग्राहकको सम्झनामा सिमित रहेको छ ।
भिमदत्त राजमार्गको साहुखर्कमा २०३२ सालमा सानो छाप्रोबाट खिर बेच्न सुरु गरेका उनि सुदुर पश्चिमबासीका बिचमा खीर बाजेका नामले चर्चित बने । सुरुमा उनको मात्र होटल थियो उनकै सिको गर्दे अहिले उक्त ठांउमा थुप्रै खीर पसल संचालनमा छन् ।
उनको निधनप्रति गन्यापधुरा गाउँपालिका गणेशपुर डडेल्धुराले समवेदना प्रकट गरेको छ।
९ जेठ २०८०, मंगलवार ०९:०७ बजे प्रकाशित












