कांग्रेस र एकीकृत समाजवादीको दाबीले गठबन्धन बैठक निष्कर्षविहीन
सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ । नेपाली कांग्रेसले ८ मन्त्रालयभन्दा तल नझर्ने र एकीकृत समाजवादीले ३ मन्त्रालय आफूले पाउनैपर्ने दाबी राखेपछि बुधबार बिहान बसेको बैठकमा सहमति नजुटेको हो ।
नेपाल समाजवादी पार्टीका नेता रामेश्वर राय यादवले कांग्रेस र एकीकृत समाजवादीले गरेको दाबीमाथि छलफल भइरहेको जानकारी दिए । उनले भने, ुकांग्रेसले ८ मन्त्रालयभन्दा तल झर्ने स्थिति छैन भनेको छ । माधव नेपालजीले कम्तीमा ३ मन्त्रालय पाउनैपर्ने दाबी गर्नुभएको छ ।ु संयुक्त बैठकमा कुरा नमिलेपछि गठबन्धनमा भएका राजनीतिक दलका नेताहरूबीच छुट्टाछुट्टै छलफल भइरहेको छ । बालुवाटारमा नै दलका नेताहरूबीच छलफल भइरहेको हो ।
नीति तथा कार्यक्रमा र मन्त्रिपरिषद् विस्तारको टुंगो बुधबार नै लगाउने गरी छलफल भइरहेको यादवले बताए । उनले भने, ुसहमतिमा त आउनैपर्छ । सबै दलहरू छुट्टछुट्टै पनि बसिरहनुभएको छ । सहमति आजै हुनसक्छ ।ु
गठबन्धनले संयुक्ति नीति तथा कार्यक्रम पनि करिब टुंगो लगाएको नेताहरूले बताएका छन् । गठबन्धनको बैठक प्रतिनिधिसभा बैठकपछि पुनः बस्ने गरी अहिले दुई पक्षीय र दलका आ(आफ्ना बैठक बसिरहेका छन् ।
१५ चैत २०७९, बुधवार १४:१४ बजे प्रकाशित































