punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शाहरुख र सलमान एउटै फिल्ममा, जनवरीदेखि ‘टाइगर भर्सेस पठान’को छायांकन

Chaupati
safha napa

यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको शीर्ष भूमिकामा सलमान खान र शाहरुख खान देखिनेछन् । बलिउडका यी दुई स्टारले सन् १९९५ को फिल्म ‘करण अर्जुन’मा सहकार्य गरेका थिए ।

यशराजले यो फिल्मलाई लिएर अहिले नै विस्तृत बताएको छैन । व्यापक ढंगमा फिल्मको घोषणा गर्ने उसको तयारी छ । तर यो स्पाइ युनिभर्स ‘टाइगर भर्सेस पठान’को काम सुरु भइसकेको छ । फिल्मलाई आगामी जनवरी २०२४ मा रिलिज गर्ने योजना छ । हालै रिलिज भएको ‘पठान’मा पनि सलमानको विशेष भूमिका थियो । यही फिल्मबाट यशराजले हलिउड स्टुडियो शैलीलाई पछ्याउँदै स्पाइ युनिभर्स निर्माण गर्ने घोषणा गरेको हो ।

‘निर्माता आदित्य चोपडाले यो प्रोजेक्टलाई लिएर सबै कुरा गोप्य राखिरहेका छन् किनभने यशराजले दीर्घकालीन सोच राखेर यसलाई अघि बढाउने जनाएको छ । उसै त सलमान र शाहरुख एकसाथ फिल्म खेल्ने कुरा दुर्लभ हो, दैनन्दिन हुने कुरा पनि होइन,’ बलिउड हंगामाले लेखेको छ ।

यशराज युनिभर्समा अहिलेका शक्तिशाली फ्रेन्चाइजीहरु एक था टाइगर (२०१२), टाइगर जिन्दा है (२०१७), वार (२०१९) र अब पठान जस्ता ब्लकबस्टर फिल्मको संलग्नता हुनेछ ।‘पठान’को रुपमा अब यशराजसँग भारतीय फिल्ममा सर्वाधिक कमाउने हिन्दी फिल्म समेत छ ।


१५ चैत २०७९, बुधवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु