दार्चुलाका ६ क्याम्पसमा स्ववियुको नयाँ समिति चयन

दार्चुलाका सातमध्ये ६ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन नयाँ कार्यसमिति चयन भएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका नवीन विष्ट सभापति रहने गरी सबै सङ्गठनको सहमतिमै स्ववियुको समिति चयन गरिएको छ ।

गोकुलेश्वर क्याम्पसमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला सचिव र नेविसङ्घका जगदीश विष्ट कोषाध्यक्ष चयन भए । दार्चुलाको सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसमा बुधबार भएको निर्वाचनमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को समिति चयन भएको छ ।

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामी निर्वाचित भए । सचिवमा नेविसङ्घका जवनसिंह डडाल र कोषाध्यक्षमा अनेरास्ववियुका मनीषा डडाल चयन भए। दार्चुलामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए भने नेविसङ्घ एक्लै प्रतिस्पर्धामा थियो ।

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सचिवमा नेविसङ्घको र सचिवबाहेक सबै पदमा गठबन्धन विजयी भएको निर्वाचन अधिकृत धाना धामीले बताए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच क्याम्पसमध्ये चार क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । जसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी को संयुक्त प्यानलले तीन रनेविसङ्घले एक क्याम्पसमा विजयी हासिल गरेको छ ।

अनेरास्ववियुको तर्फबाट शङ्करपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी भए । अनेरास्ववियु ९क्रान्तिकारी० को तर्फबाट लटिनाथ क्याम्पस मार्माको सभापतिमा जगदीश कोट्टारी विजयी भए ।

राष्ट्रिय क्याम्पस दत्तुमा नेविसङ्घका सरोज ग्वाइला स्ववियु सभापतिमा विजयी भए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित भएको छ ।


९ चैत २०७९, बिहीवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु