दार्चुला बहुमुखी क्याम्पसको सभापतिमा कृष्ण धामी निर्वाचित

धनगढीः दार्चुला बहुमुखी क्याम्पसको सभापतिमा कृष्ण धामी निर्वाचित भएका छन्।

बुधबार भएको स्ववियु निर्वाचनमा २ सय ७५ मत सहित सभापति पदमा धामी निर्वाचित भएका हुन्। सचिवमा नेविसंघका जवन सिह डडाल २ सय ५३ मतसहित विजयी भएका छन्।

कोषाध्यक्षमा भने साझा उम्मेदवार अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन् । उनले २ सय ७० मत ल्याएर विजयी भइन्।

 


९ चैत २०७९, बिहीवार १०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु