प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता, कहिले लिन्छन् विश्वासको मत ?
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् ।
आइतबार उनीहरूबिच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । समसामयिक राजनीतिक घटनाक्रम , प्रदेश सरकारले लिने विश्वासको मत र यस क्षेत्रको विकास र समृद्धिमा केन्द्रित भएको कुराकानी भएको सचिवालयले जानकारी दिएको छ ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम कांग्रेस संसदीय दलका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । उनले १८ देखी २० गते भित्र विश्वासको मत लिने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ । केन्द्रमा फेरिएको समीकरणले शाह सुरक्षित छन् ।
१४ फागुन २०७९, आइतवार १९:२४ बजे प्रकाशित































