माओवादीको पदाधिकारी बैठक सुरु, राष्ट्रपतिबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक विषयमा छलफल हुनेछ ।

निर्वाचनको मिति नजिँदै गर्दा राष्ट्रपतिको उमेदवारबारे गठबन्धनमै सहमति जुट्न सकेको छैन ।

आइतबार राति मात्र कांग्रेस नेताहरूले बालुवाटारमै पुगेर राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गरेर निर्णय दिने बताएका थिए ।

न्यिदब िदबलप

 


८ फागुन २०७९, सोमवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु