बोराभित्र भेटियो महिलाको शव

मोरङको बूढीगंगा- २ अमाहीमा एक महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

अहिले घटनास्थलमा मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ ।


८ फागुन २०७९, सोमवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु