माओवादीको पदाधिकारी बैठक दिउँसो ४ बजे, राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । माओवादीले आज दिउँसो ४ बजे पार्टी मुख्यालय, पेरिसडाँडामा बैठक राखेको बताइएको छ ।

बैठकमा मूलतः आगामी राष्ट्रपति निर्वाचनबारे छलफल हुने जानकारी दिइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुलाई यसबीचमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवालवगायतसँग गरेको कुराकानीबारे बताउने छन् ।

दिनहुँजसो एमाले अध्यक्ष ओलीसँग भएको भेटवार्तामा भएको विषय र हिजो राति बालुवाटारमा काँग्रेसका पदाधिकारीहरुसँग भएको कुराकानीबारे उनले बैठकमा जानकारी गराउने एक जना नेताले उल्लेख गरे ।

यसैबीच पार्टी उपमहासचिव मातृका यादवले आगामी राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्न नसक्ने अवस्था उत्पन्न भएमा राष्ट्रिय सहमतिको सम्भावना पनि क्षीण हुने धारणा राखेका छन् । त्यस्तो अवस्थामा माओवादीका सामुन्ने काँग्रेससँग गठबन्धन गर्नुको विकल्प नहुने यादवको भनाइ हो ।


८ फागुन २०७९, सोमवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु